- काठमाण्डौ २३ साउन । राजधानीमा जारी सोह्र वर्षुनिको साफ यु-१६ फुटबल प्रतियोगिता अर्न्तर्गत आज दोस्रो सेमिफाइन खेलमा समूह 'बी' को विजेता नेपालले भारतको सामना गर्दैछ । खेल आज दिउसो साढे तीनबजे दशरथ रङ्गशालामा हुने आयोजक अखिल नेपाल फुटबल सङ्घ एन्फले जनाएको छ । त्यसअघि पहिलो सेमिफाइनल खेलमा समूह 'ए' को विजेता पाकिस्तान र बङ्गलादेश आजै दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
- काठमाण्डौ २३ साउन । यु १९ विश्वकप छनौटको आजको खेलमा नेपालले पपुआ न्युगिनीलाई २८ रनले पराजित गरेको छ। अविनाश कर्णले पाँच विकेट लिँदै नेपाललाई विजय दिलाए। सागर पुनले दुई र कप्तान पृथु बास्कोटाले एक विकेट लिए भने दुई खेलाडी रनआउट भए। यसअघि राजेश पुलामी मगरको सानदार ब्याटिङसहित नेपालले आइसिसी यु-१९ विश्वकप क्रिकेटमा छनोट खेलमा पपुवा न्यु गिनीलाई २ सय ७८ रनको लक्ष्य दिएको थियो।
- एजेन्सी २३ साउन । भारतीय क्रिकेट टोलीका पर्ुवकप्तान राहुल द्रविडलर्ेर् इङ्गल्याण्ड भ्रमणपछि सिमित ओभरको खेलबाट सन्यास लिने घोषणा गर्नु भएको छ । ३८ वषीया खेलाडी द्रविड एकदिवसिय क्रिकेटमा आईसिसिको र्सवाधिक रनकर्ता व्याट्सम्यानहरुको सुचिमा सातौँ स्थानमा हुनुहुन्छ । उहाँले ३ सय ३९ एकदिवसियमा करिब ४० को औसतले १० हजार ७ सय ६५ रन बनाउनु भएको छ । सन् १९९६ बाट आफ्नो अन्तराष्ट्रिय खेल जीवन प्रारम्भ गर्नु भएका द्रविडले आँफुलाई अब टेस्ट क्रिकेटमा केन्द्रित राख्नको लागि सिमित ओभरको खेलबाट सन्यासको घोषणा गरेको बताउनु भएको हो ।nmkhabar.com
Sunday, August 7, 2011
खेलकुद(sports update)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment